२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ अब ‘नेपाली लोकसेवा डटकम’ अनलाइनबाट लोकसेवा तयारी गर्न सकिने

अब ‘नेपाली लोकसेवा डटकम’ अनलाइनबाट लोकसेवा तयारी गर्न सकिने

काठमाडौं । पछिल्लो समय नेपालमा लोकसेवा आयोग पास गरी निजामती सेवा तथा विभिन्‍न क्षेत्रका सरकारी वा सार्वजनिक संस्थानमा जागिर खान लामो समयदेखि तयारी गर्नेहरू धेरै छन् ।विभिन्‍न सरकारी वा सार्वजनिक संस्थानमा रिक्त हुने पदका लागि पदपूर्ति गर्दा लोकसेवा आयोगले लिने परीक्षालाई अनिवार्य गरिएको छ ।

लोकसेवा आयोगले लिने परीक्षाका लागि विभिन्न शैक्षिक र प्रशिक्षण संस्थाहरुले भौतिक रुपमा नै कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई तयारी कक्षा लिँदै आएका छन् । तर हाल विद्यमान कोभिड १९ महामारीका कारण यस्ता शिक्षण संस्था बन्द गर्नुपर्ने बाध्यताले गर्दा नयाँ प्रविधिको प्रयोग गरी भर्चुअल क्लासमार्फत त्यस्ता तयारी कक्षा सञ्चालन गर्ने गरेको देख्न सकिन्छ । विद्यार्थीहरुले कक्षा लिनुपर्छ भन्‍ने हुँदैन, आफूलाई आत्मविश्वास बढाउन पनि लोकसेवा तयारी गर्नेहरु यस्ता कक्षाहरु लिन चाहीरहेका हुन्छन ।

यसका अलावा विभिन्‍न वेबसाइट पनि यस्ता क्रियाकलापलाई सहयोग पुर्‍याउने उद्वेश्यका साथ लागि परिरहेका छन् । नेपाली लोकसेवा डटकम (www.nepaliloksewa.com) लोकसेवा आयोग तयारी गर्नेहरुकै लागि सहयोग पुर्‍याउने गरी यही वर्षको असार महिनाबाट सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार