२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ क्रिकेट टिम स्वदेश फिर्ता

क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो ।

नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । जुन नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको हो ।

त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

ओमानलाई हराएपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको थियो । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।

ओमान १३  खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । नेपालले त्यस सिरिज २-० ले जितेको थियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार