२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपाल हङकङविरुद्ध खेल्दै ,यस्तो छ सुरुवाती-११

नेपाल हङकङविरुद्ध खेल्दै ,यस्तो छ सुरुवाती-११

एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूह एफ को नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

हङकङविरुद्धको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।

नेपालले एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर विमला बिक सुरुवाती-११ मा परेकी छिन् ।

पुजा रानालाई बेन्चमा राखिएको छ ।

नेपालको सुरुवाती-११

गोलकिपर – अन्जिला सुब्बा

डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक

मिडफिल्डर – रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली कुमारी योन्जन

फरवार्ड – सबिता राना, विमला चौधरी, प्रिती राई

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार