गृहपृष्ठ ओलीको प्रश्न : मैले यसरी पदक बाँडेको भए वुद्धिजीविहरु के भन्थे ?
ओलीको प्रश्न : मैले यसरी पदक बाँडेको भए वुद्धिजीविहरु के भन्थे ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रत्नपार्कमा बसेर बाँडेझैं पदक बाँड्दा पनि बुद्धिजीवि, नागरिक समाज सबै मौन बसेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यदि पदक बोल्न जान्थ्यो भने नारा लगाउने र आँखा हुन्थ्यो भने धरधरी रुन्थ्यो भनेका छन् । ‘म प्रधानमन्त्री भएको बेला यसो गएको भए अहो ! के हुन्थ्यो ? बुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ?’ उनले भने, ‘आज सब चुप छन्, शान्त छन् ।’
अस्तिको दिन जस्तो पदकहरु हामीले वितरण गरेको भए बा बा ! अहिले निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरेको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरेको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरेको छ, ती पनि चुपचाप । सबैतिर ढोका थुनेको छ, ताकि कतैबाट आवाज नआओस्, उज्यालो नछिरोस् ।
हामीलाई कुनै टाउको दुखेको होइन, तर यति धेरै पदकहरु त कहिल्यै वितरण भएको थिएन । रत्नपार्कमा बसेर वितरण गरे जस्तो छ क्या, ह्वार ह्वारी ।
म प्रधानमन्त्री भएको बेला यसो गएको भए ओ हो के हुन्त्यो ? वुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ, सब चुप छ, शान्त छ ।





