२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ तपाईं दशैँमा घर जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने हेर्नुहोस कहाँको भाडा कति तिर्नुपर्छ ?

तपाईं दशैँमा घर जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने हेर्नुहोस कहाँको भाडा कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुलाएको छ । त्यस्तै उपत्यकाका विभिन्न स्थानमा अहिले हेल्प डेस्क स्थापनाको तयारी भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाइ लक्षित गरी बिहीवारदेखि नै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ ।

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्ने बताएको छ । हिजोबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको हो । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी सञ्चालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।

दशैँमा उपत्यका बाहिर जानेको संख्या २० लाखभन्दा बढी हुन्छ । यातायात व्यवस्था विभागले २०७८/०३/२९ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी भाडा समायोजना गरिसकेको छ । विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहााडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार