२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ ईपीएल खेल्न बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल नेपालमा

ईपीएल खेल्न बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल नेपालमा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल नेपाल आईपुगेका छन्  ।

भैरहवा ग्ल्याडियटर्समा आबद्द इकबाल शुक्रबार नेपाल आईपुगेका हुन् ।

३२ वर्षीय इकबाललाई भैरहवाका पदाधिकारीले स्वागत गरेका थिए ।

चौंथो संस्करणको ईपीएल भोलि शनिबारबाट सुरु हुँदैछ ।

भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।

को हुन् तमिम ?

तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

उनी टेस्ट र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा उनले १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन् ।

उनी २०२० को मार्चबाट एकदिवसीय टिमको कप्तानी गर्दै आईरहेका छन् । उनले टी-ट्वान्टी विश्वकप भने खेल्ने छैनन् ।  उनले विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

टी-ट्वान्टीमा उनले बंगलादेशका लागि १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५७ रन बनाएका छन् । टी-ट्वान्टी अन्तराष्ट्रिय शतक बनाउने उनी एक्लो र पहिलो बंगलादेशी खेलाडी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार