२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ चेल्सीको मैदानमा सिटीको जित

चेल्सीको मैदानमा सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले निर्णायक गोल गरे ।

खेलको ५३ औं मिनेटमा जिससले कान्सेलोको पासमा गोल गरेका हुन् ।

यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ ।

तेस्रो स्थानको चेल्सीको यो सिजनको पहिलो हार हो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार