२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ आज मंगलबार नेपालमा थप यति जनामा कोराना पुष्टि, मृत्युदर फेरि बढ्यो

आज मंगलबार नेपालमा थप यति जनामा कोराना पुष्टि, मृत्युदर फेरि बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पिअिसार परीक्षण गर्दा ९०४ र २ हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ३१८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १८ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार २९७ संक्रमित रहेका छन् । त्यस्तै ३६४ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३२८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार