२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ रुपन्देही प्रहरीको सक्रियता यात्रुलाई सहजताका लागि विभिन्न स्थानमा स्थापना गर्यो यात्रु सहायता कक्ष

रुपन्देही प्रहरीको सक्रियता यात्रुलाई सहजताका लागि विभिन्न स्थानमा स्थापना गर्यो यात्रु सहायता कक्ष

रुपन्देही,१७ असोज । नेपालीहरुको महान चाड बडा दशै, शुभ दिपावली र छठ पर्व-२०७८ लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट तयार पारेको सुरक्षा योजना बमोजिम चाड पर्वको अवधिमा जिल्ला भित्र आउने र बाहिरिने यात्रुहरुको सुविधा र सहजीकरणलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.को उपस्थितिमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया चेक पोष्ट, बुटवल उप-महानगरपालिका स्थित नयाँ बस्पार्क र भैरहवा बसपार्कमा यात्रु सहायता कक्षहरुको स्थापना गरिएको छ ।

यात्रु सहायता कक्षबाट प्रदान हुने सुविधाहरु :

१. महान चाड बिजया दशमी र दिपावलीको अवसरमा बिशेष गरी रुपन्देही जिल्लाको बिभिन्न स्थान हुँदै भित्रिने र बाहिरिने विभिन्न सवारी साधनहरुमा सवार गर्ने यात्रुहरुलाई तोकिएको दर रेट भन्दा बढी भाडा असुल उपर भएमा खबर गर्न ।

२. हाल महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण फैलन नदिन सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य मास्कको प्रयोग लगायतका स्वास्थ्य सावधानी पालन गरे नगरेको निग्रानी गर्न ।

३. सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा छुटी जाने भएमा तत्काल खबर गर्न ।

४. सार्वजनिक सवारी साधनहरुमा टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारी साधन छुटी गएमा खबर गर्न ।

५. सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुहरुको बहुमुल्य सामानहरु चोरी, लुटपाट भएमा वा हराएमा खबर गर्न ।

६. सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कुनैपनि व्यक्तिबाट दुर्यवहार भएमा रिपोर्ट गर्न ।

७. सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने महिलाहरु माथि कुनैपनि किसिमले यौनजन्य दुर्व्यबहार भएमा सो को रिपोर्ट गर्न ।

८. तोकेको गन्तव्यमा सार्वजनिक सवारी साधनले यात्रुहरु नपुराएमा, चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा, क्षमता भन्दा बढी असुरक्षित तरिकाले तथा छतमा यात्रुहरु राखी जोखिम पुर्ण यात्रा गराएमा कारवाही गर्न ।

९. सवारी साधनहरुमा यात्रा गर्ने क्रममा यात्रुहरुको स्वास्थ्य सम्बन्धी समस्या आएमा तत्काल रिपोर्ट गर्न ।

१०. वृद्ध-वृद्धा, अन्ध-अपाङ्ग लगायतका फरक क्षमता भएका यात्रुहरुलाई बिशेष ख्याल गरी सहज यात्राको वातावरण बनाउन समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

यदि यात्रुहरुलाई कुनैपनि प्रकारको सेवा, सुविधाहरुको बारेमा गुनासो, सुझाव र आवश्यकता परेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निशुल्क नम्बर १०० र प्रहरी कन्ट्रोल रुम ९८५७०९०४८२ र ९८५७०९०६२२ मा सम्पर्क गर्नुहुन सम्पुर्ण सर्वसाधारणहरु तथा रुपन्देहीबासीहरुमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार