गृहपृष्ठ ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको बृक्षारोपण र तपाईंको माक्स खोइ कार्यक्रम सम्पन्न
६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको बृक्षारोपण र तपाईंको माक्स खोइ कार्यक्रम सम्पन्न
रुपन्देही,१७ असोज । “६६ औं प्रहरी दिवस २०७८” को अवसरमा आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.को उपस्थितीमा कार्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपि बृक्षारोपण कार्यक्रम गरेको छ ।




“६६ औं प्रहरी दिवस २०७८”कै आवसरमा कार्यक्रम जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ देवकोटा चोक स्थित तालुक संघिय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुशिल कुमार यादव, जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी., प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, र प्रहरी निरीक्षकहरु लगाएत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितीमा यात्रुहरु, चालक लगाएत पैदल यात्रीहरुलाई लक्षित गरि तपाईंको मास्क अभियान संचालन गरि माक्स वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
मास्क वितरण गरेका दृष्यहरु :













