२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तयार पार्यो चाडपर्व लक्षित,यी १० मुख्य सुरक्षा योजना ?

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तयार पार्यो चाडपर्व लक्षित,यी १० मुख्य सुरक्षा योजना ?

रुपन्देही,१७ असोज । सम्पूर्ण नेपालीहरुको महान चाड बडा दशै, शुभ दिपावली र छठ पर्व २०७८ लाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अबधीभर ९४४ जना प्रहरी परिचालन गर्ने उद्धेश्यका साथ चार्डपर्व लक्षित विशेष सुरक्षा योजना तयार पारेको छ ।

उक्त सुरक्षा योजनाहरु निम्नानुसार रहेका छन् :

१. कोरोना भाईरस, चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गर्ने ।

२. सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई सख्त कारवाही गर्ने ।

३. प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली QUICK RESPONCE TEAM (QRT) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने ।

४. चाडपर्वको समयमा बढी पटका, आतसबाजीको प्रयोग हुने भएकोले सो हुन गर्न
नदिन र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने ।

५. सवै खाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधीहरूको सूचना संकलन
गरी प्रहरी परिचालन गर्ने ।

६. हाई वे हरूमा रात्रीको समयमा ख्भजष्अभि ऋचयकक एबतचयििष्लन को व्यवस्था गर्ने ।

७. बन्द रहने सरकारी कार्यालय, तथा संघ(सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाउने ।

८. विगतमा आ-आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गर्ने ।

९. वेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुती दिने ।

१०. चार्डपर्वको समयमा बढि भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गर्ने ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनालाई कडाईका साथ लागु गरि जनतालाई शान्ति,सुरक्षाको अनुभूति दिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता प्र.ना.उ सत्यनारायण थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार