२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ आईपीएल : बैंगलोर प्ले अफमा

आईपीएल : बैंगलोर प्ले अफमा

रोयल च्यालेन्जर्स बैंगलोर ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा आइतबार पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो।

पन्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै कप्तान केएल राहुलले ३९ रन जोड्दा एडिन मार्क्रम २० रन बनाए । साहरुख खान १६ रनमा आउट भए  ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै देबदुत पडिकलले ४० रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । एबी डी भिलियर्सले २३ रन बनाएर आउट भए ।

पन्जाबका मोहमद शामी र मोइसेस हेन्रिसले ३/३ विकेट लिए ।

यस जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

पन्जाब १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार