२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ मन्त्रिपरिषद् बिहिबार सम्ममा विस्तार गर्ने सरकारको तयारी

मन्त्रिपरिषद् बिहिबार सम्ममा विस्तार गर्ने सरकारको तयारी

काठमाडौं,१९ असोज । पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् ।

मंगलबार विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

नेताहरुका अनुसार शीर्ष नेताहरु सहमतिनजिक पुगेका छन् । ‘आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ’ एक नेताले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार