गृहपृष्ठ आइपीएल : राजस्थानलाई हराउदै मुम्बईले राख्यो आफ्नो प्ले अफ यात्रा जीवित
आइपीएल : राजस्थानलाई हराउदै मुम्बईले राख्यो आफ्नो प्ले अफ यात्रा जीवित
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । सारजाहमा मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डयले अविजित ५ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे । डाभिड मिलरले १५ रन जोड्दा यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन जोडे । राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए । जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।





