२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ ६६ औँ प्रहरी दिवशको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गर्यो रक्तदान कार्यक्रम

६६ औँ प्रहरी दिवशको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गर्यो रक्तदान कार्यक्रम

कपिलवस्तु । ६६ औँ प्रहरी दिवशको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लामा कार्यरत प्रहरी कर्मचारी, संञ्चारकर्मी र  सर्वसाधारणको उपस्थितिमा एकदिने बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीज्युको अध्यक्षतमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यको आथित्यता, नेपाल रेडक्रस सोसाईटि कपिलवस्तुका जिल्ला शाखाका प्रमुख  सन्तोष श्रीवस्तवको  आथित्यता, रेडक्रस सोसाईटिकाल्याब टेक्निसियन र संञ्चारकर्मीको उपस्थितीमा नेपाल रेडक्रस सोसाईटिकपिलवस्तुका जिल्ला शाखाका प्रमुख सन्तोष श्रीवस्तवले ब्लड ब्याग प्रहरी उपरिक्षक दान बहादुर कार्कीज्यूलाई हस्तान्तरण गरि औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जना जना प्रहरी कर्मचारीको र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानू पाण्डेले सर्वसाधारणको प्रतिनिधित्व गर्दैरक्तदान गर्नुभएको थियो। यससँगै जम्मा ५६ जनाले रक्तदान गर्नुभयो । रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्की, ३ जना प्रहरी निरीक्षक, ६ जना महिला सहित जम्मा ५५ जना प्रहरी कर्मचारीले रक्तदान गर्नुभयो ।

उक्त कार्यक्रम अवधिभरमा जम्मा ५६ पिन्ट रगत संङकन भएको  थियो । रेडक्रसका जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दान गरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्या रहेका कैयौँनागरिकको जीवन रक्षामा उपयोग हुने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार