२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ विविध कार्यक्रम सहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मनायो “६६ औं प्रहरी दिवस २०७८”

विविध कार्यक्रम सहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मनायो “६६ औं प्रहरी दिवस २०७८”

कपिलबस्तु,२० असोज। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्धारा आयोजित “६६ औ प्रहरी दिवस २०७८” कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको प्रमुख आतिथ्यता, नारायणदल गणका गणपति प्रमूख सेनानी ईन्द्र बहादुर गुरुङज्यू, स.प्र.बल नेपाल २८ नं गण हे.क्वा.का.स.प्र.उ. धूर्व बहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक योगेन्द्र के.सी.,पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरण बज्राचार्य,क.बा.न.पा १ र २ वडाका वडाध्यक्ष, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार र आमन्त्रित अन्य अतिथिहरुको उपस्थितिमा “६६ औ प्रहरी दिवस २०७८” को औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।

आज आयोजित “६६ औ प्रहरी दिवस २०७८” कार्यक्रममा अमर प्रहरीको सम्झनामा १ मिनेट मौन धारण तथा शोक सलामी अर्पण गरी कार्यक्रमका प्रमुख अतिथी लगायत सम्पूर्ण उपस्थित
अतिथीज्यूहरुबाट अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्पगुच्छा अर्पण गरी दिवंगत अमर प्रहरी प्रति श्रद्धाञ्जली व्यक्त गरी अमर प्रहरीका आश्रित परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने प्रहरीलाई आफ्नो जग्गा निशुल्कदान गर्ने दाताहरुलाई र प्रहरीलाई विविध प्रहरी कार्यमा निरन्तर र निस्स्वार्थ सहयोग गर्ने व्यक्तित्वहरुलाई पनि कदर पत्रसाथ सम्मान गरिएको थियो ।

आजको कार्यक्रमलाई मध्यनजर गरी मिति २०७८-०६-१६ गतेबाट नै विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई र बृहत रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो । आज आयोजित कार्यक्रममा लामो दौड तथा बिभिन्न खेल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय स्थान हासिल गरेका प्रहरी कर्मचारीहरुलाई पुरस्कार र यस जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार सहित कदरपत्र प्रदान गरिएको थियो ।

यसै अवसरमा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आ.वमा सबैभन्दा बढि फरार प्रतिवादी पक्राउ गर्न सफल भएकोमा लुम्बिनी प्रदेशका माननिय मुख्यमन्त्री कुल प्रसाद के.सी.बाट जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको उत्कृष्टकार्यको सम्मान गर्दै पठाइएको प्रसंशा पत्र प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई यस कार्यालयका कार्यालय प्रमुखले मायाको चिनो प्रदान गरी कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक सम्पन्न गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार