गृहपृष्ठ दशैंको मुखमा बढ्यो ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब
दशैंको मुखमा बढ्यो ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नेपालीहरूको महान् चाड बडादशैंको मुखमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब न्युनतम १५ हजार पुर्याएको छ । पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले संघीय सरकारले निर्धारण गरेअनुसारको तलब माग गर्दै आन्दोलन गरेका थिए ।
उनीहरूको निरन्तरको ध्यानाकर्षणपछि पालिकाले मंगलबार (१९ असोज) तलब वृद्धि गरेको हो । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरिएको थियो । मंगलबार मेलम्ची नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०७८/०६/१९ को निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ देखि नयाँ तलबमान लागु हुने घोषणा गरेको हो ।
संघीय सरकारले दिने ८००० तलबमा नगरपालिकाले ७००० थप गरी इसीडी शिक्षकको तलब १५००० पुर्याएको छ । त्यस्तै सरकारले दिएको १३,५०० तलबमा नगरपालिकाले ३५०० थप गर्दै १७००० पुर्याएको छ ।
यस्तो छ निर्णय






