गृहपृष्ठ तिलोत्तमा चेम्बर अफ कमर्शले गर्यो शुभकामना आदानप्रदान
तिलोत्तमा चेम्बर अफ कमर्शले गर्यो शुभकामना आदानप्रदान
तिलोत्तमा, २१ असोज । तिलोत्तमा चेम्बर अफ कमर्श (ब्यापार संघ) को आयोजनामा विजयादशमी, शुभ दीपावली, नेपाल संवत ११४२ एवं छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका सांसद एवं पुर्व मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण डांगी, संस्थाका निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका महासचिव झविन्द्र प्रसाद कंडेल, पुर्व सल्लाहकार, पुर्व पदाधिकारीहरु, पुर्व कार्यसमिति सदस्यहरु, पुर्व लेखासमिति साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे संस्थाका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।
कार्यक्रममा संस्थाका पुर्व सल्लाहकार लोकहरी श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार नुमेन्द्र पौडेल, निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका महासचिव झविन्द्र प्रसाद कंडेल, संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव कंडेलले आगामी दिनमा संस्थाको आफ्नै भवनबाट सम्पूर्ण कार्यहरु गर्ने गरी सबै पक्षसँग सहकार्य गरी भवन निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दै आफु जस्तोसुकै कार्यमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





