गृहपृष्ठ नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो
नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र ४ हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८९१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार २१९ संक्रमित छन् भने ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ११२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।









