२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ उच्च अदालतको आदेश: महाधिवेशनमा शिक्षकलाई सामेल नगराउनू

उच्च अदालतको आदेश: महाधिवेशनमा शिक्षकलाई सामेल नगराउनू

काठमाडौं/२१ असोज

उच्च अदालत पाटनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल संलग्न नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । महम्मद जुनैद आजादको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सुनिल बोहराले दायर गरेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दे आगामी कात्तिक ७ गते दुवै पक्षको छलफबाट अन्तरिम आदेशबारे टुंगो लगाइने आदेशमा भनिएको छ । ‘उक्त मितिसम्मको विपक्षीहरूलाई राजनीतिक कार्यहरूमा सामेल नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।

रिटमा नेपाली कांग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत कांग्रेस वडा अधिवेशनमा निर्वाचित भएका शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीसहित १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर रिट दाय गरिएको थियो ।

हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार