२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ आइपीएल : कोलकत्ता नाइट राइडर्सको राजस्थान रोयल्स माथि सहज जित

आइपीएल : कोलकत्ता नाइट राइडर्सको राजस्थान रोयल्स माथि सहज जित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सहज जित निकालेको छ ।

सारजाहमा बिहीबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।

कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिबम डुबेले १८ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकत्ताका शिभम  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए ।

यस जितसँगै कोलकत्ता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।

कोलकत्ताको प्ले अफ सम्भावना कायम राखेको छ ।

राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार