२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ पाराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो

पाराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो । छनोटमा अर्जेन्टिनाको यो चौंथो बराबरी हो । यस बराबरीसँगै अर्जेन्टिनाले ९ खेलमा १९ अंक जोडेको छ ।

अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ । पाराग्वे १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । उरुग्वे १० खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलम्बिया १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार