२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ दोहोरीमै चल्यो रुवाबासी,टिका सानु छोरालाई छोडेर प्रदेश जाने (भिडियो सहित)

दोहोरीमै चल्यो रुवाबासी,टिका सानु छोरालाई छोडेर प्रदेश जाने (भिडियो सहित)

काठमाण्डौ। हरेक दिन लाखौ नेपालीहरु पर्देशिएका हुन्छन। उनीहरुलाई पनि आफ्नै देशमा बसेर आफ्नो परिवार संग बसेर रमाउने इच्छा त् पक्कै थियो होला। तर नेपालमा त्यस्तो वातावरण नै छैन। कति नेपालीहरु जादा आकाशमा आउदा बाकसमा छन। हामीले समाचार तथा युटुबमा त्यस्ता समाचारहरु पक्कै पनि देखेका छौ सुनेका छौ।

नेपाली लाइभ दोहोरीकि रानी भनेर चिनिने गायिका टिका सानुको हामीले आज सम्म सयौ लाइभ दोहोरीहरु हेरिसकेका छौ तर आज मयुर लाइभ दोहोरीमा टिका सानु र सानो भाइ राजकुमार बिक अनि हुमा बिकको लाइभ दोहोरीले सारा दर्शक रुवाएको छ।

उक्त लाइभ दोहोरीमा सामाजिक वातावरणलाइ उठान गरिएको छ। गायिका टिका सानु आमा , राजकुमार बिक छोरा र हुमा बिक सानिमाको भूमिकामा उक्त लाइभ दोहोरी गायिएको हो । आफ्नो कलिलो छोरालाइ अर्काको काखमा छोडेर परदेश लाग्दाको पिडा आमालाई मात्र थाहा हुन्छ।

पहिलो पल्ट लाइभ गाउन प्रयास गरेका राजकुमारले सबैलाई रुवाए। गहकिला शब्दहरु सुन्दा आखाबाट आसु झरेको पत्तै नहुनिरछ। यस्तै पिडा नेपालका हजारौं आमाहरु माथि परेको होला र पर्न पनि सक्छ भन्दै उक्त गीतको काल्पनिक उठान गरिएको हो।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार