गृहपृष्ठ उधोग मन्त्री हमालले गरे राजिनामा दिने घोषणा,यस्तो छ कारण ?
उधोग मन्त्री हमालले गरे राजिनामा दिने घोषणा,यस्तो छ कारण ?
काठमाडौँ,२४ असोज । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री गजेन्द्र हमालले राजिनामा दिने घोषणा गरेका छन् । आफुमाथी ब्यक्तिगत रुपमा टिका टिप्पणी बढी हुन थालेको भन्दै आइतबार राजिनामा दिने घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको उनीमाथी आरोप लाग्दै आएको थियो । तर, उक्त आरोपको उनले खण्डन गर्दै आएका थिए । ‘मेरो ब्यक्तिगत रुपमा टिका टिप्पणी हुन थाल्यो, कांग्रेसले मन्त्री बनाउँदा प्रधानन्यायाधीशसँग जोड्ने काम भयो, त्यसकारण मलाई मन्त्री पदमा बसिरहन उचित लागेन,’ हमालले भने ।
उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने बताए । हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार नै राजीनामा बुझाउने तयारी भइरहेको उनका स्वकिय सचिव बिरिजेन्द्र हमालले बताए । हमालले राजिनामा दिने घोषणा गरेपछि नदिन चौतर्फी रुपमा दवाव पनि आएको उनले बताएका छन् ।
हमाल कांग्रेसका पुराना नेता हुन् । नेपाली कांग्रेस बाँकेको सभापति समेत भइसकेका उनी र उनको परिवारले कांग्रेसको संगठन बिस्तारमा ठुलो योगदान गरेका थिए ।





