गृहपृष्ठ नेपालमा आज शनिबार थप ८ संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
नेपालमा आज शनिबार थप ८ संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ९३१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८१७ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





