गृहपृष्ठ नेकपा एमाले पाल्पा जिल्लाका नव निर्वाचित पालिकाका नेताहरु यी हुन् हेर्नुहोस नामसहित
नेकपा एमाले पाल्पा जिल्लाका नव निर्वाचित पालिकाका नेताहरु यी हुन् हेर्नुहोस नामसहित
पाल्पा । नेकपा एमालेको मंगलवार सम्पन्न देशैभरीको पालिकाको अधिबेशनले पाल्पाका दुई नगर र ८ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।
पाल्पाका १० वटै पालिकामा मंगलवार सम्पन्न पालिका अधिबेशनले तानसेन नगरपालिकामा गुराँस आत्रेयको नेतृत्वमा ७४ सदस्यीय नगर कमिटी गठन गरेको छ । उक्त कमीटीको उपाध्यक्षमा शशी श्रेष्ठ र सचिवमा महेशलाल शाक्य रहेका छन् ।
त्यसैगरी विष्णु रेग्मीको नेतृत्वमा गठन भएको रामपुर नगरपालिका नगर कमिटीमा उपाध्यक्ष तोयानाथ सारु र सचिव कृतिनाथ श्रेष्ठ निर्वाचित भएका छन् भने प्रेम श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय तिनाउँ गाउँ कमिटीको उपाध्यक्षमा रोमबहादुर लम्तरी र सचिवमा यादव अर्याल चयन भएका छन् ।
त्यसैगरी रम्भा गाउँ कमिटीको अध्यक्षमा योगेन्द्र प्रसाद गैरे चयन भएका छन् भने उपाध्यक्षमा उमानसिंह सारु र सचिवमा विजय रानाभाट चयन भएका छन् भने ७५ सदस्यीय रैनादेवी छहरा गाउँ कमिटीको अध्यक्षमा राम प्रसाद ज्ञवाली, उपाध्यक्षमा दान बहादुर थामी र सचिवमा मान बहादुर थामी रहेका छन् ।
त्यस्तै अर्जुन विश्वकर्मा (आशिष) को नेतृत्वमा गठन भएको रिब्दीकोट गाउँपालिकाको गाउँ कमिटीको उपाध्यक्षमा भिम सारु र सचिवमा दान बहादुर कुवँर चयन भएका छन् भने बगनासकाली गाउँ कमिटिको अध्यक्षमा हरि पाठक, उपाध्यक्षमा सरस्वती चिदि र सचिवमा ओमप्रकाश गैरे चयन भएका छन् ।
त्यस्तै ६७ सदस्यीय माथागढी गाउँ कमिटीको अध्यक्षमा तेज घर्तीमगर, उपाध्यक्षमा शेर बहादुर विक र सचिवमा शंकर दर्लामी चयन भएका छन् भने ६१ सदस्यीय पूर्वखोला गाउँ कमटीको अध्यक्षमा जीवन आचार्य, उपाध्यक्षमा मान बहादुर सारु र सचिवमा तिर्थ सारु चयन भएका छन् ।
नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यका अनुसार मंगलवार पाल्पाका १० वटै पालिकामा एकैसाथ सम्पन्न अधिबेशनमा निस्दी कमिटीको अध्यक्षमा नरेश सुनारी, उपाध्यक्षमा किरण श्रेष्ठ र सचिवमा मेख सुनारी निर्वाचित भएका छन् । आचार्यले दिएको जानकारी अनुसार सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।






