२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ विष्णु माझी: गित संगित क्षेत्रमा एकछत्र राज तर गुमनाम छिन्!

विष्णु माझी: गित संगित क्षेत्रमा एकछत्र राज तर गुमनाम छिन्!

काठमाण्डौ।
लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । गितले एकछत्र राज गरेको छ। तर विष्णु माझी अझै गुमनाम छिन्। न देख्न पाईन्छ न फोटो नयाँ आउछ आखिर कहिले सम्म हो कसैलाई थाहा छैन ।

जैले गित चल्छ त्यहीबेला चर्चा हुन्छ अनि फेरी हराउछ नाम।उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक तिज गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु चर्चामा आईन्।

यो गीत युट्युबदेखि टीकटकमा निकै रुचाईएको छ । सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ३ करोड भ्यूज नजिक रहेको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ ।

तीज गीतले मौलिकता गुमाईरहेको गुनासो आईरहेको अवस्थामा आएको यस गीतले श्रोता एवं दर्शकलाई छुट्टै स्वाद दिएको छ । नेपाली सांगीतिक क्षेत्रमा विष्णु माझीको एक अलग्गै रेकर्ड पनि छ । त्यो हो, एउटा तीज गीतको धेरै भाग ल्याउने गायिका । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ‘चरी जेलैमा’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् ।

गतवर्ष उनको स्वरमा ‘पुतलीको भट्टी’ भाग १६ ‘नदिया सल सल’ सार्वजनिक गरिएको थियो । लोकदोहोरी क्षेत्रका जानकारका अनुसार विष्णुले वि.सं २०६१ सालमा ‘पुतलीको भट्टी’मा बोलको तीज गीत सार्वजनिक गरेकी थिइन् । त्यसयता उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ भाग ल्याउँदै आएकी छिन् ।
आफ्नै लगानीमा संचालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुती रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीकै शब्द तथा संगीत रहने गरेको छ । भने पछिल्ला भिडियोलाई सुन्दरमणी स्वयंमले निर्देशन पनि गर्दै आएका छन् । यसवर्षको ‘पुतलीको भट्टी’मा सुन्दरमणी शब्द, संगीत र निर्देशन छ ।

नेपाली सांगीतिक क्षेत्रमा केही समय अगाडिसम्म केही गायक–गायिकाले तीज गीतको भाग सार्वजनिक गरेका थिए । प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने लगायतका गायक–गायिकाले तीज गीतको विभिन्न भाग सार्वजनिक गरिसकेका छन् । पछिल्ला केही बर्षयता तीज गीतको अर्को भाग सार्वजनिक गर्ने क्रम ह्वात्तै बढेको छ ।

तर, निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चित गायिकाका रुपमा परिचित विष्णुले तीज गीतको धेरै भागमा स्वर दिने गायिकाका रुपमा पनि अलग्गै रेकर्ड राखेकी छिन् ।

यै हो अहिलेको समयको माझीको हिट गित:

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार