२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नेपालमा आज बिहिबार थप ६ जना संक्रमितले ज्यान गुमाउदा,थपिए यति संक्रमित ?

नेपालमा आज बिहिबार थप ६ जना संक्रमितले ज्यान गुमाउदा,थपिए यति संक्रमित ?

काठमाडौं,२५ कार्तिक । पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार