२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ शिक्षक महासंघ द्वारा आन्दोलन स्थगित गतिलो वार्ता नगरे आन्दोलन गर्ने

शिक्षक महासंघ द्वारा आन्दोलन स्थगित गतिलो वार्ता नगरे आन्दोलन गर्ने

काठमाडौं -नेपाल शिक्षक महासङ्ले घोषणा गरेको काठमाण्डौं केन्द्रित गर्ने भनिएको आन्दोलन तत्कालका लागि स्थगन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षा मन्त्रीको नेतृत्वमा वार्ता गरी समस्या समाधान गर्न ९ सदस्यीय बार्ता टोलि पठाउन पत्र पठाएका कारण आन्दोलन स्थगन गरिएको हो ।

नेपाल शिक्षक महासङ्ले विज्ञप्ति मार्फत काठमाण्डौं केन्द्रित गर्ने भनिएको आन्दोलन तत्कालका लागि स्थगन गरेको जानकारी दिएको छ । सरकारसँग वार्ता आरम्भ हुने परिस्थिति निर्माण भएको हुँदा एउटा जिम्मेवार पेशागत संस्थाको नाताले कार्तिक २८ गते बाट गरिने काठमाडौं केन्द्रित सडक आन्दोलन स्थगन गरी सरकारसँग वार्तामा समेल हुने जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङघ बीच विगतमा भएको ३० बँदे सहमती एवम् २०७८ बैशाख २० गते अघि सारिएको ३४ सुत्रीय मागपत्रमा उठाइएका मागमुद्दा सम्बोधनको विश्वसनिय आधार निर्माणका लागि मन्त्रालय वार्ताको टेबलमा प्रष्ट खाका र योजना सहित आउन अनिवार्य छ । ”

सरोकार वाला अन्य मन्त्रालयको समेत प्रतिनिधित्व सुनिश्चित गरी हरेक बुँदामा आवश्यक तयारी ,छलफल,बहस तथा सहमती गर्दे सबै समस्या निरुपण गर्न केही समय लाग्ने भएकाले २०७८ मंसिर मसान्तसम्म निरन्तर वार्ता तथा संवादमा रहने गरी नेपाल शिक्षक महासङ्ले समय तालिका निर्धारण गरेको जनाएको छ ।

“त्यो अवधि भित्र विगतका सबै सहमतिको कार्यन्वयन तथा बाँकी समस्या समाधानको उचित पहल कदमी मन्त्रालयको तर्फबाट हुन जरुरी छ,” विज्ञप्तिमा उल्लेख गरीएको छ ।

महासङ्घले सबै खाले शिक्षक एवम् विद्यालय कर्मचारीका मूलभूत समस्याहरुको एकमुष्ठ र अग्रगामी समाधानका लागि प्रतिवद्ध भई वातामा अग्रसर भएको जानकारी गराउदै यो जिम्मेवार व्यावहार र धैर्यतालाई अवमूल्यन गर्दे सरकारबाट विगत जस्तै ढिलासुस्ती र टालटुले व्यावहार प्रदर्शित भए वार्ता छोडेर आन्दोलनमा जाने चेतावनि दिएको छ ।

त्यसैगरी त्यस्तो अवस्थामा नेपाल शिक्षक महासङ्घले हाल स्थगन गरेको काठमाडौं केन्द्रित सडक आन्दोलनलाई अझ सशक्त गराई निर्णयक बनाउने र सडकबाटै शिक्षक कर्मचारीका माग समबोधन गर्न बाध्या पर्ने जनाएको छ ।

वार्ता चलिरहँदा अत्यान्त चनाखो रही आन्दोलित मानसिकता यथावत रहन तथा नयाँ उर्जा सहित नयाँ उचाइको आन्दोलनको सुनामी सिर्जना गर्न प्रतिवद्धताका साथ तम्तयार रही रहन सबै शिक्षक कर्मचारीलाई अपील गरेको छ ।

महासङ्घले ३४ बुँदे माग राख्दै २०७८ बैशाख २० गते देखि निरन्तर आन्दोलन गर्दे आइरहेको छ । यस अघि कार्तिक १७ गते विज्ञप्ति जारी गर्दे पाँचौ चरण्को आन्दोलन अन्तर्गत कार्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णयक आन्दोलनको तयारी गर्न सबै शिक्षक कर्मचारीहरुलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार