गृहपृष्ठ रोटरी बैठकमा स्वास्थ्य क्षेत्रको चर्चा
रोटरी बैठकमा स्वास्थ्य क्षेत्रको चर्चा
उदयमान मिडिया,बुटवल । रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को १८ औं एवं क्लवको १३८८ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा गेष्ट स्पीकरको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल एवम मेडिटेक अस्पताल बुटवलमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोपाल ज्ञवाली गेष्ट स्पीकरको रुपमा सहभागी थिए ।
बैठकलाई संबोधन गर्दै उनले आफ्नो चिकित्सकीय पेशाको अनुभव सुनाउँदै हाडजोर्नीको समस्या, यसको उपचार पद्धतिलगायतका बारेमा प्रकाश पारेका थिए । उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र अत्यन्तै महंगो हुनुमा नीतिगत समस्या नै मुख्य कारण रहेको औंल्याउँदै यसको समाधानका लागि रोटरी जस्ता सामाजिक संस्थाको भ७त्रगयतसमिका पनि महत्वपुर्ण रहने बताए । पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या साझा समस्या बन्दै गइरहेको भन्दै उनले अहिले बढ्दो रुपमा रहेको हाडजोर्नी सम्बन्धी समस्या त्यसको कारण, उपचार लगायतका विषयमा काम गर्न अझै चुनौती रहेको उनको भनाई थियो ।
बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, राजेन्द्र लम्साल, मधुप्रकाश अर्याल, थानेश्वर पौडल, शिव ज्ञवाली, सुनिल श्रेष्ठ लगायतले विभिन्न जिज्ञासा राखेका थिए । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने गणेश ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । बैठकमा झविन्द्र प्रसाद कंडेलले डा.ज्ञवालीको बायोडाटा प्रस्तुत गरेका थिए ।





