गृहपृष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट सातवटै प्रदेशमा नयाँ नेतृत्व चयन
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट सातवटै प्रदेशमा नयाँ नेतृत्व चयन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट सातवटै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ ।
प्रदेश १ मा राम थापा, प्रदेश २ मा भरत गिरी, बागमती प्रदेशमा बिक्रमबहादुर थापा, गण्डकी प्रदेशमा हेमजंग गुरुङ, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी,
लुम्बिनी प्रदेशमा प्रदिप उदय अध्यक्ष चयन भएको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
प्रदेश अधिवेशनमा प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मतदानबाट अध्यक्ष चयन भएका हुन् ।
पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेको राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ ।





