२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ शिक्षा क्षेत्रमा पनि नेपालले प्रगति गरेको छ: शिक्षा मन्त्री पौडेल

शिक्षा क्षेत्रमा पनि नेपालले प्रगति गरेको छ: शिक्षा मन्त्री पौडेल

काठमाडौं/३० कार्तिक-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरु क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् ।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’ उहाँले भन्नुभयो,’ ‘ क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’ मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे ।

मन्त्री पौडेल युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिख फ्रान्स गएका थिए भने १८ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो पनि जरुरी समाचार पढ्नुहोस्:

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ ।

अनेरा स्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनु पर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्नुपर्ने बताएको छ ।

अर्थ मन्त्रीलाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् । आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरिएको अनेरास्ववियुका कार्यालय सदस्य समिक बडालले बताए ।

त्यस्तै शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग अखिलले गरेको छ ।

अखिलले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न समेत माग गरेको छ ।

अनेरास्ववियुले डिजिटल नेपालको अवधारणा अन्तर्गत हरेक सरकारी विद्यालय र क्याम्पस मा निःशुल्क इन्टरनेट जडान हुनुपर्ने र विद्यार्थीको बीमा कार्यक्रम समेत बजेटमा ल्याउन माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार