गृहपृष्ठ शिक्षामन्त्रीले मागे बिद्यालय प्र.अ को कामको तथ्यांक
शिक्षामन्त्रीले मागे बिद्यालय प्र.अ को कामको तथ्यांक
काठमाडौं-३, मंसिर।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापक ( हेटमास्टर)को कार्यसम्पादनबारेको तथ्यांक मागेका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार देखि बिहीबार आयोजनामा शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्रीले देशभरका सरकारी विद्यालयका प्रधानध्यापकहरुको कामको गरेको तथ्यांक मागेका हुन् ।
‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागि परिरहेको छ,’ उनले भने , ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियताकति छ तथ्यांकल्याउनस् ।’ मन्त्रीपौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।
विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने औल्याए ।
‘क्षेत्रअधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाधेर अल्छी भएर नबस्नुहोस् ।’
मन्त्रीपौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेश मार्फत त्यो ऐन आउने बताए ।
उहाँले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रि परिषद्मा प्रस्ताव गरिएको भन्दै चाडै पास हुनेमा विश्वास व्यक्त गरे ।
शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘राष्ट्र सेवककर्मचारीले २० औं वर्षसम्म पनि सम्झनलायक हुनेगरी काम गर्नहोस् ।’
कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासका महानिर्देशक चुरामणि पौडेल लगायतले बोलेका थिए ।





