२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ अब बिदेशबाट आउनेहरु काठमाण्डौ नझरी सिधै भैरहवामा झर्न पाउने

अब बिदेशबाट आउनेहरु काठमाण्डौ नझरी सिधै भैरहवामा झर्न पाउने

रुपन्देही।

भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो ।

एरो थाइको परीक्षण उडानका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । उक्त एअरलाइनले एक महिना भित्रै परीक्षण उडान गर्ने बताईएको छ ।

विमान अवतरण र उडानका लागि धावनमार्ग र टावरको सहजतालगायतका विषय परीक्षण उडानका क्रममा हेर्ने गरिन्छ । काठमाडौं । सरकारले आगामी कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट जारी गर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागबाट जारी गरिने ई–पासपोर्टको नमुना परीक्षण सुरु गर्न लागिएको विभागले जनाएको छ ।

केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार ई–पासपोर्ट आगामी कात्तिक अन्तिम साताबाट जारी गर्नेगरी काम भइरहेको छ । एमआरपीमा प्रश्न उठेपछि ई–पासपोर्ट जारी गर्न लागेको विभागले जानकारी दिएको छ । ई–पासपोर्ट एमआरपीभन्दा विश्वसनीय र भरपर्दो मानिँदै आएको छ । ई–पासपोर्ट जारी भएपछि नक्कली पासपोर्ट बनाएर विदेश जाने निरुत्साहित हुने दाबी गरिएको छ ।

ई–पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । यसअघि पटकपटक ई–पासपोर्ट छपाइको टेन्डर रद्द गर्दै आएको थियो ।

राहदानी विभागले गत वर्ष कात्तिक पहिलो साता फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्ब रुपैयाँभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको थियो ।

सुरक्षा र संवेदनशीलताका कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सो मापदण्ड पूरा गर्न तत्काल कदम चाल्नुपर्ने भएपछि हतारमा सरकारले फ्रान्सेली कम्पनीलाई ई–पासपोर्ट छपाई दिएको हो । आईकाओले मापदण्ड तोके पनि अनिवार्य भने भनेको छैन ।

राहदानी विभागले पटकपटक बोलपत्र आह्वान गर्दै रद्द गरेकोमा अन्तिम समयमा आएर फ्रान्सेली कम्पनीलाई राहदानी छपाइको जिम्मा दिएको हो । यसअघि पहिलोपटक विभागले ५० लाख राहदानी छाप्न १० भदौ २०७६ मा बोलपत्र आह्वान गरेको थियो ।

सो आह्वान २० कात्तिक २०७६ मा रद्द गरेको थियो । त्यतिबेला १९ वटा कम्पनीले पासपोर्ट छपाइका लागि प्रस्ताव पेस गरेका थिए । तर, सरकारको निर्देशनमा राहदानी विभागले प्रस्ताव पेस गर्ने म्याद एक दिन बाँकी रहँदै टेन्डर रद्द गरेको थियो ।

१९ फागुन २०७६ मा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि चारवटा कम्पनीले विद्युतीय राहदानी छपाइका लागि प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरे पनि मागपत्रअनुुसार ती कम्पनीको आवेदन नपरेको भन्दै ४ असोज २०७७ मा ठेक्का रद्द भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार