गृहपृष्ठ कक्षा १२ को नतिजा छिटै प्रकाशन शिक्षा मन्त्रीले दिए यस्तो निर्देशन
कक्षा १२ को नतिजा छिटै प्रकाशन शिक्षा मन्त्रीले दिए यस्तो निर्देशन
काठमाण्डौ।
कक्षा १२ को नतिजा प्रकाशन चाडै हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यसप्रति उच्च चाँसो देखाएका देखाएका छन् । शुक्रबार अनुगमनका लागि सानोठिमी पुगेका मन्त्री पौडेलले कक्षा १२ को नतिजाप्रति चाँसो देखाएका हुन् ।
उनले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । उनले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न समेत कर्मचारीलाई निर्देशन दिए ।
परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन पनि मन्त्रीले कर्मचारीलाई निर्देशन दिए । ‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी संवेदनशील हुनुस् ।’
उनले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि कर्मचारीलाई आग्रह गरे ।





