गृहपृष्ठ तेजश रेग्मी समिक्षा अधिकारीको आवाजमा फुर्के जुंगामा दर्शकको नजर(भिडियो सहित)
तेजश रेग्मी समिक्षा अधिकारीको आवाजमा फुर्के जुंगामा दर्शकको नजर(भिडियो सहित)
सुमन ढकाल,काठमाडौं। संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढि जसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।
यतिबेला, तेजश रेग्मी र समिक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘फुर्के जुंगा’ बोलको गीत बजारमा आएको छ। सपना बानियाको शब्द रचनालाइ तेजश रेग्मीले लय गरेका हुन् । गीतको शब्द संगै उत्कृष्ठ लय बनि गीत देशैभर सार्वजनिक भएको छ।
गीतको शब्दमा/आवाजमा दम भरिएको पाइएको छ ।सुधिर श्रेष्ठ रोशनी कार्की राज सोफिया बजेरचार्यको अभिनय रहेको भिडियोलाई आदित्य बुढाथोकीले भिडियो निर्देशन गेरेका हुन् । यो गीतको भिडियो तेजश रेग्मी अफिसियल युटुव च्यानलवाट बजारमा आएको छ । गीतलाइ सफलताको शुभकामना।
गीतको पुरा भिडियो हेर्नुहोस :





