२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ आज ६० जिल्लामा नेपाली कांग्रेसको प्रतिनिधीसभा क्षेत्रिय अधिवेशन

आज ६० जिल्लामा नेपाली कांग्रेसको प्रतिनिधीसभा क्षेत्रिय अधिवेशन

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । 

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।  १४ हिमाली जिल्लामा प्रतिनिधिसभा  क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार