२०८३ मंसिर २ गते मंगलवार | November 17, 2026

गृहपृष्ठ सिन्धुपाल्चोकका १० पालिकामा माओवादी नयाँ नेतृत्व चयन

सिन्धुपाल्चोकका १० पालिकामा माओवादी नयाँ नेतृत्व चयन

सिन्धुपाल्चोक, ११ मंसिर। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।

जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गाउँपालिकामा भने मंसिर १५ गते हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, शुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाउँपालिकामा आज शनिबार सम्मेलन सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार