२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ ५५ हजार विद्यार्थीले पढ्ने संसारकै ठुलो स्कुल (हेर्नुहोस्)

५५ हजार विद्यार्थीले पढ्ने संसारकै ठुलो स्कुल (हेर्नुहोस्)

संसारको सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय भारतको लखनउमा रहेको छ । सिटी मोन्टेसरी नाम रहेको उक्त विद्यालयमा करिब ५५ हजार बालबालिकाहरु अध्ययनरत गरिरहेका छन ।

त्यसैगरी विद्यालयमा चार हजार पाँच सय जना शिक्षक कर्मचारीहरु रहेका छन् । यस विद्यालयको लखनउ शहरमा २० ओटा क्याम्पसहरू छन् । बालबालिकाको संख्याका हिसाबले यो विद्यालय संसारकै सबैभन्दा ठूलो हो ।

यो विद्यालय डा.जगदीश गान्धी र डा.भारती गान्धीले सन १९५९ मा स्थापना गरेका हुन् । त्यतिबेला रु तीन सयको लागतमा विद्यालय सुरु भएको थियो र आज यस विद्यालयको नाम गिनिज बुकमा संसारको सबैभन्दा ठूलो स्कूलको हैसियतमा दर्ता भएको छ ।

विद्ययायको गुणस्तर पनि अत्यन्त राम्रो छ । यहाँ आफ्ना सन्तान पढाउनका लागि अभिभावकले चर्को मूल्य तिर्नुपर्ने हुन्छ । यति धेरै बिद्यार्थीहरु भए पनि यहाँ होस्टेल सुबिधा उपलब्ध हुदैंन । याहा कक्षा नर्सरी देखि कक्षा १२ सम्म मात्र पढाई हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार