२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ भावना म्युजिकवाट विष्णु माझीको नयाँ गीत “ए धोकेवाज” बजारमा (भिडियो सहित)

भावना म्युजिकवाट विष्णु माझीको नयाँ गीत “ए धोकेवाज” बजारमा (भिडियो सहित)

काठमाडौं – भावना सोलुसनको प्रस्तुति सुमधुर आवाजकी धनि लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको आवाजमा रहेको लोकभाका ‘ए धोकेबाज ’ आज सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका चर्चित मोडल बिमल अधिकारीको शब्द रहेको यस गीतमा बिनोद बाजुरालीले संगीत समायोजन गरेका छन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यस लोकभाकालाई राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् । मायाप्रेममा धोका वियोगान्तमा आधारित यो मर्मस्पर्शी भाकालाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

कपिल लामाको निर्देशनमा तयार भएको यो भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेको छन् भने छायांकन दुर्गा पौडेलको रहेको छ । एडभेन्चर इन्टरटेन्मेंटले पोस्ट प्रोडक्सन गरेको उक्त्त गीतको भिडियोमा स्वयंम् बिमल अधिकारी ,डिम्पल खरेल साथै काजिश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला:

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार