२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ नेकपा माओवादी तिलोत्तमा नगरको अध्यक्षमा बेलप्रसाद शर्मा

नेकपा माओवादी तिलोत्तमा नगरको अध्यक्षमा बेलप्रसाद शर्मा

तिलोत्तमा,२२ मंसिर। नेकपा (नेपाल कम्युनिस्ट पार्टी) माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेल प्रसाद शर्मा सर्ब सम्मत चयन भएका छन् । नेकपा  (नेपाल कम्युनिस्ट पार्टी) माओवादी केन्द्रको पालिका अधिवेशनले शर्मा अध्यक्ष चयन भएका हुन्।  लामो समय देखि पार्टीमा क्रियाशील शर्मा पेशाले एक निबृत शिक्षक हुन् । हाल राजनीतिमा सक्रिय रहेका शर्माले तिलोत्तमा नगरलाई माओवादीमय बनाउन रचनात्मक क्रियाकलाप गर्ने र पार्टीमा संगठित हुन सबै युवा पंक्तिमा आग्रह गरेका छन्।

 दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा चुनिदै गर्दा अबको चुनाव सम्म नेकपा (नेपाल कम्युनिस्ट पार्टी) माओवादी केन्द्रले आफ्नो छुट्टै स्थान कायम गर्न सफल हुने उनको आशा छ । हाल राजनीतिक उतार चढावले पार्टीमा संगठित युवाहरु यत्रतत्र छरिएर रहेको अनुभव संगाल्दै नव निर्वाचित अध्यक्ष शर्माले अब सबै जुटेर इतिहास रच्नुपर्ने उल्लेख गरे। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको छ, जसको उपाध्यक्षमा दिल माया गुरुङ, मित्रलाल न्यौपाने, प्रेम जि.एम, सचीवमा केशर बहादुर थापा, सहसचिव अनिल चापागाईं, कोषाध्यक्षमा लुधा देवी थापा लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार