गृहपृष्ठ सम्झना ह’त्याका अभि’यु’क्तलाई जन्मकैद सजाए
सम्झना ह’त्याका अभि’यु’क्तलाई जन्मकैद सजाए
गुल्मी, २८ मंसिर। रेसुंगा नगरपालिका-३ की २१ बर्षीया सम्झना बोहराको ह’त्या अ’भि’यु’क्त ४७ बर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्म’कैदको फैसला सुनाएकाे छ । गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतिले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अ’भि’यो’ग दाबी अनुसार जन्द’कैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए । फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन् । बोहराकाे ह’त्या आ’राेपमा २९ माघ ०७७ मा खत्रीलाई गिर’फ्तार गरी अदालतमा पेश गरिएकाे थियो ।
सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन् । अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुसन्धानमा आरोपितको रोेहबर बस्ने लगायतका कार्यमा सक्रिय थिए । उनले यति मात्रै गरेनन् २ फागुनमा सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिक झुण्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटकपटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउ समेत गरे ।
त्यतिबेला आन्दोलनको अग्रपंतिमा हत्यामा संलग्न खत्री नै थिए । सोही घटनाका कारण तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठकाे सरुवा समेत भएकाे थियाे । आन्दोलनकारी प्रशासन कार्यालय छिरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे । सम्झनाकाे श’ब १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पाेकाे पारेर फालिएको अवस्थामा फेला परेका थियाे ।
उनैले १७ फागुन ०७७ मा गाउँमा श’व गन्हायो भनेर प्रहरीलाई खबर गरे । उनका संकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेकाे थियाे । पहिलेबाट प्रहरी निगरानीमा रहेका खत्रीलाई श’ब भेटिने बित्तिकै प’क्राउ गरी सार्वजनिक गरेको थियाे । मृ’तक बोहराका ससुरा ५९ बर्षीय गणेश खत्रीले आ’रोपित विरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए । न्युज कारखाना





