२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ यु-१९ क्रिकेट : नेपालले पहिलो खेलमा बंगलादेशको सामना गर्ने

यु-१९ क्रिकेट : नेपालले पहिलो खेलमा बंगलादेशको सामना गर्ने

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीले यु-१९ एसिया कपको पहिलो खेलमा बंगलादेशको सामना गर्ने भएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (एसीसी) ले प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र  कुवेत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल २३ डिसेम्बरमा बंगलादेशको सामना गर्दै सुरुआत गर्नेछ । यस्तै दोस्रो खेलमा २६ डिसेम्बरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा २८ डिसेम्बर कुवेतको चुनौती पेस गर्नेछ । यस्तै समूह ए मा भारत, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत  आइतबार सम्पन्न वाइवाई यु -१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोटमा बोलाएको थियो । प्रतियोगिताको फाइनल खेल ३१ तारिखमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार