गृहपृष्ठ नेपालमा आज थप २ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?
नेपालमा आज थप २ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?
काठमाडौं,१ पुष । पछिल्लो २४ घण्टामा थप १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । हाल ९६ जना क्वारेन्टाइनमा छन् । १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





