गृहपृष्ठ केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?
केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?
काठमाडौं, २ पुस। नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्व-महान्यायाधिवक्ता समेत रहेका खरेललाई ओलीले आफ्नो गृह जिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।
ओली गृह जिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।
झापाको सह-इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।






