२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ विज्ञ भन्छन्, क्रिसमसमा ओमिक्रोन झन तिब्र फैलिन्छ

विज्ञ भन्छन्, क्रिसमसमा ओमिक्रोन झन तिब्र फैलिन्छ

एजेन्सी। कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् । क्रिसमसमा हुने भिडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् ।

ओमिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले सुझाएका छन् ।

कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएकाे छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।

यसैबीच युरोपेली युनियनका प्रमुख  युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार