२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोगको निमाविको फारम भर्न १२ पास हुनुपर्ने अरु के के चाहिन्छ!

शिक्षक सेवा आयोगको निमाविको फारम भर्न १२ पास हुनुपर्ने अरु के के चाहिन्छ!

काठमाडौं ।

शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।

पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ  

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो । सोही अनुसार विज्ञापन खुला गरिएको हो ।

परीक्षा आवेदनका लागि चाहिने योग्यता 

१.नेपाली नागरिक ।

२.शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) को नियम १० बमोजिम अयोग्य नभएको ।

३.मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पुरा गरेको । तर,कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिने छ ।

४.सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र,दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान,मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा जस्ता विषयहरू पर्नेछन् ।

५.गणित, विज्ञान विषयको हकमा गणित र विज्ञान दुबै विषयमा २००/२०० पूर्णाङ्क लिई प्रकरण (ग) बमोजिम योग्यता हुन पुगेको हुनु पर्नेछ ।

६.निम्न माध्यामिक तहको स्थायी अध्ययन अनुमतिपत्र प्राप्त गरेको ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार