२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मन्त्री आलेले दिए यस्तो निर्देशन ।

मन्त्री आलेले दिए यस्तो निर्देशन ।

काठमाण्डौ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन दिनुभएको छ।

लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि भैरहवा जाने क्रममा विमानस्थलको आन्तरिक कक्षको निरीक्षण गर्दै मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई ध्यानमा राखेर आवागमन कक्षलाई फराकिलो बनाउन तथा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उप–महानिर्देशक प्रेमनाथ ठकुरले तत्काल आवागमन कक्ष फराकिलो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । ठाउँको पहिचान तथा बजेट व्यवस्थापनको तत्काल काम अगाडि बढाउने उहाँको भनाइ छ।

यो पनि पढ्नुहोस्:

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो।

सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ। तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागु गर्न आनाकानी गरिरहेका छन्।

कार्यालयले भने निर्देशिका जारी भएको ८ महिना बितिसक्दासमेत नयाँ निर्देशिका लागु गर्ने छाँटकाँट देखाएका छैनन्। कार्यालयले विभिन्न बहानाबाजी गरेर नयाँ निर्देशिका कार्यान्वयन गर्न चाहेका छैनन्। नयाँ निर्देशिका कार्यान्वयन नहुँदा सवारीचालकको प्रयोगात्मक परीक्षा दिनेले अहिले पनि पुरानै ट्रायल पद्धतिबाट दिँदा मर्कामा परेका छन्। यातायात कार्यालयले नयाँ ट्रायल प्रणाली लागु नगर्नुको मुख्य कारण यो प्रणाली लागु भएसँगै अनियमितता र गलत फाइदा उठाउन नपाइने भन्दै कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेका हुन्।

पुरानो व्यवस्थाअनुसार परीक्षामा शतप्रतिशत उत्तीर्ण भएपछि मात्रै लाइसेन्स पाइन्छ। तर, नयाँ व्यवस्था अनुसार ७० अंक ल्याएको खण्डमा मात्रै पास हुने व्यवस्था छ। अहिले यातायात कार्यालयले नयाँ व्यवस्थाअनुसार ट्रायल गराउँदा धेरै पास हुने र आफूहरूले गलत ढंगबाट आर्थिक लाभ लिन नसक्ने भन्दै कार्यान्वयन गर्न आलटाल गरिरहेको बताइन्छ।

नयाँ निर्देशिकाअनुसार ट्रायल भएको खण्डमा धेरै सेवाग्राहीले सहजै ढंगले लाइसेन्स लिन पाउँथे। तर, पुरानै व्यवस्था हुँदा लाइसेन्स लिनेको भीड कायमै रहेको नागरिक दैनिकमा खवर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार