२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ सवारी दु’र्घ’टनामा, ९ महिने शिशुको मृ’त्यु

सवारी दु’र्घ’टनामा, ९ महिने शिशुको मृ’त्यु

दाङ, २६ पुस।  दाङमा बस दुर्घटनामा एक जना शिशुको मृ’त्यु भएको  छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिस हनियाँ स्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दु’र्घ’टना भएको हो । दु’र्घ’टनामा ९ जना यात्रु घा’इ’ते भएका छन् ।

९ महिने शिशुको मृ’त्यु भएको जिल्ला प्र’ह’री कार्यालय दाङले जानकारी दिएको छ । मृ’त्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दु’र्घ’टनामा गम्भीर घा’इ’ते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृ’त्यु भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका-१६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका-६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका-९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घा’इ’तेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत रहेका छन् । बसमा २० जना यात्रु सवार रहेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार