गृहपृष्ठ अर्को सूचना नभएसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अत्यावश्यक बाहेकका सेवा बन्द
अर्को सूचना नभएसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अत्यावश्यक बाहेकका सेवा बन्द
रुपन्देही,५ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदान गर्ने आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मको लागि बन्द गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचना जारी गर्दै शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नविकरण, पेन्सन सिफारीस/प्रमाणित, नाबालक परिचय पत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागी स्थगन गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको छ । पछिल्ला दिनमा कोभिड संक्रमण तिब्र रुपमा फैलिएका कारण कार्यालयका कर्मचारीहरु संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने बताउदै प्रजिअले कार्यालय बन्द गरेको जनाए । 






